
१३ चैत, काठमाडौँ । राष्ट्रिय सभाको बैठक बस्ने समय सरेको छ । दिउँसो सवा १ बजे बस्ने तयको बैठक केही ढिलो गरी सुरु भएको थियो ।
बैठक सुरु भए लगत्तै विपक्षी दलहरूको अवरोधले १५ मिनेटका लागि स्थगित भएको थियो ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको विषयमा प्रश्न उठाउँदै विपक्षी दलहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफ मागेका छन् ।
प्रधानमन्त्रीले जवाफ नदिएसम्म सदन चल्न नदिने विपक्षीको अडानले स्थगित भएको राष्ट्रिय सभाको १५ मिनेटपछि पनि बस्न सकेन ।
त्यसपछि राष्ट्रिय सभाको बैठक आजै दिउँसो पौने ४ बजे बस्ने गरी सूचना टाँसेर बैठक स्थगित गरिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4