+
+
Shares

अनुचित मूल्यवृद्धि गर्नेमाथि कानुनी कारबाही हुन्छ : महानिर्देशक दाहाल

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १३ गते १६:०९

१३ चैत, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक कुमारप्रसाद दाहालले उत्पादक र व्यवसायीले वस्तुको मूल्य बढाउनुपर्ने कारणको औचित्य पुष्टि गर्नुपर्ने बताएका छन् ।

बुधबार विभागको कार्यालय बबरमहलमा आयोजित पत्रकार सम्मेलनमा उनले उत्पादक र व्यवसायीले बढी लाभका लागि अनुचित मूल्यवृद्धि गरेको भेटिए कानुन अनुसार कारबाही हुने बताए ।

उनले सिमेन्ट र डन्डीको मूल्य वृद्धि भएको भन्ने उपभोक्ताको गुनासोपछि उत्पादक र व्यवसायीसँग छलफल गरिएको बताए ।

उत्पादित वस्तुको मूल्य वृद्धि हुनाको औचित्य पुष्टि गर्न उत्पादक र व्यवसायीलाई निर्देशन दिएको उनको भनाइ छ ।

उनले उत्पादनमा अधिकत्तम खुद्रा मूल्य र वस्तुको गुणस्तर प्रष्ट रूपमा लेख्नुपर्ने कानुनी व्यवस्था विपरीत उत्पादक र व्यवसायीले कानुनको बर्खिलाप गरेको बताए । उनले बिना लेबलका सिमेन्ट र डन्डी बिक्री गर्ने केही डिलरलाई बिक्री वितरणमा रोक लगाइएको बताए ।

महानिर्देशक दाहालले कानूनको भावना र मर्मविपरित हुनेगरी बिना लेबलका कुनैपनि उत्पादन बिक्री वितरण नगर्न आग्रह गरे । उनले बिना लेबलका वस्तु बजारमा भेटिए कानुनी कारबाही गर्ने चेतावनी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?