+
+
Shares

लहानका डीएसपीको सरुवा

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १३ गते १६:५०

१३ चैत, काठमाडौं । इलाका प्रहरी कार्यालय लहान, सिरहाका प्रमुख तथा डीएसपी विष्णु सोतीको जिम्मेवारी खोसिएको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी दिनेश आचार्यले डीएसपी सोतीलाई सरुवा गरिएको पुष्टि गरे । यद्यपी किन सरुवा गरिएको भन्नेबारे उनले केही बताउन चाहेनन् ।

बुधबार प्रहरी प्रधान कार्यालयले उनको जिम्मेवारी खोस्दै सरुवा गरीएको हो । उनको ठाउँमा हिरेन्द्र रोकायलाई पठाइएको छ । लागुऔषध नियन्त्रण ब्युरोमा कार्यरत छन् ।

उनको ठाउँमा सोतीलाई राखिएको छ ।

यसअघि सोमबार मात्रै प्रहरी हेडक्वार्टरले सदरमुकाम सिरहा बजारका एसपी रमेश पण्डितको पनि जिम्मेवारी खोसेको थियो ।

उनको ठाउँमा अर्का एसपी अनन्तराम शर्मालाई पठाइएको छ । यसअघि सिरहाका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालको पनि जिम्मेवारी खोस्दै गृह मन्त्रालय तानिएको थियो ।

पछिल्लो समय सिरहामा महायज्ञको नाममा दलितको घर नै भत्काइएकोदेखि रिंकु कुमारी सदायको मृत्यु रहस्यमय मृत्यु प्रकरण निकै विवादित बनेका थिए ।

यसअघि सरुवा भएका प्रहरी अधिकारीको नाम अन्यथा पर्न गएकोमा क्षमायाचनासहित सच्याइएको छ– सम्पादक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?