+
+
Shares

काठमाडौं उपत्यका विकास प्राधिकरणको कार्यालयमा तालाबन्दी

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १३ गते १७:३७

१३ चैत, काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरणको कार्यालयमा तालाबन्दी भएको छ । प्रमुख एवं विकास आयुक्त जानुका ढकाल र नायब आयुक्त नवराज प्याकुरेलको कार्यकक्षमा तालाबन्दी भएको हो ।

बुधबार दिउँसो प्राधिकरणका कर्मचारीले प्रमुख ढकालको कार्यकक्षमा तालाबन्दी गरेका हुन् । कर्मचारीहरूले विभिन्न माग राख्दै कार्यालयमा तालाबन्दी गरेका हुन् ।

कर्मचारीले संस्थामा कर्मचारी हुँदाहुँदै गैरकानुनी रुपमा करार र ज्यालादारी भर्ना गरिएको, निजामती कर्मचारीबाट कार्यालय सञ्चालन गरिँदै आएको लगायतका विषयमा असन्तुष्टि राख्दै उनीहरूले तालाबन्दी गरेका हुन् ।

उक्त कार्यहरू बन्द गरिनुपर्ने भन्दै कर्मचारीहरूले ज्ञापन पत्र ढोकामा टाँसेका छन् । यसअघि भएका सहमतिहरू पालना गर्न कर्मचारीहरूले ध्यानाकर्षण पनि गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?