+
+
Shares

राष्ट्र बैंक कार्यकारी निर्देशकबाट श्रेष्ठले दिए राजीनामा

राष्ट्र बैंक गभर्नर आकाँक्षी श्रेष्ठले राष्ट्र बैंकबाट राजीनामा दिनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १३ गते १८:१२

१३ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक प्रकाशकुमार श्रेष्ठले पदबाट राजीनामा दिएका छन् । उनी अहिले राष्ट्रिय योजना आयोगका सदस्य छन् ।

आयोग सदस्य नियुक्त भएसँगै उनी काजमा योजना आयोगमा काम गरिरहेका छन् । राष्ट्र बैंक गभर्नर आकाँक्षी श्रेष्ठले राष्ट्र बैंकबाट राजीनामा दिनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । अहिले उपप्रधानमन्त्री तथा अर्थमन्त्री संयोजकत्वको गभर्नर सिफारिस समितिले काम गरिरहेको छ ।

उनले अर्थमन्त्री विष्णुप्रसाद पौडेलको अघिल्लो कार्यकालमा अर्थ मन्त्रालयको वरिष्ठ आर्थिक सल्लाहकार भएर काम गरेका थिए ।

साथै, एमाले महासचिव शंकर पोखरेल लुम्बिनी प्रदेशको मुख्यमन्त्री हुँदा श्रेष्ठले प्रदेश योजना आयोगको उपाध्यक्षका रूपमा पनि काम गरेका थिए ।

मौद्रिक अर्थशास्त्रमा विद्यावारिधि गरेका श्रेष्ठ राष्ट्र बैंकभित्र क्षमतावान अधिकृतमध्ये पर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?