
१३ चैत, बुटवल । बुटवलमा भएको सडक दुर्घटनामा परी तिलोत्तमा नगरपालिकाका वडा सदस्य रामकृष्ण पाठकको मृत्यु भएको छ । तिलोत्तमा-२ का वडा सदस्य पाठक जानकीनगरबाट बुटवल जानेक्रममा बुटवल उपमहानगरपालिका वडा नं १० चौराहमा दुर्घटनामा परेका थिए ।
इलाका प्रहरी कार्यालय बुटवलका अनुसार आज दिउँसो ३ः३३ बजे आफैंले चलाएको लु ३६ प ८४४८ नम्बरको मोटरसाइकलमा बुटवल तर्फ जाँदै गरेका पाठकले बा ०१०३१ च ५००२ नम्बरको कारलाई उछिन्ने क्रममा उक्त दुर्घटना भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका पाठकलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी इन्द्र बहादुर रानाले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4