+

बूढानीलकण्ठ फाइट नाइट हुने

२०८१ चैत  १३ गते १९:३८ २०८१ चैत १३ गते १९:३८
बूढानीलकण्ठ फाइट नाइट हुने

१३ चैत, काठमाडौं । बूढानीलकण्ठ हात्तीगौडा स्पोर्टस् कमिटीको आयोजनामा बूढानीलकण्ठ फाइट नाइट वैशाख २० गते हुने भएको छ ।

प्रतियोगितामा विभिन्न १० तौल समूहमा नेपाल सहित ३ राष्ट्रका २० खेलाडी ‘वान भर्सेस वन’ फर्म्याटमा प्रतिस्पर्धा गर्ने आयोजक कमिटीका अध्यक्ष निलम अधिकारीले जनाएका छन् ।

नेपालबाट सर्वाधिक १३ खेलाडी सहभागी हुने छन् । भारतबाट ६ र थाइल्यान्डबाट १ खेलाडीले चुनौती प्रस्तुत गर्ने छन् । पुरुषमा ७ र महिलामा ३ स्पर्धामा भिडन्त हुनेछ ।

गलाक द लाइफ स्टायलको व्यवस्थापनमा हुने प्रतियोगिताको कुल पुरस्कार राशि ६ लाख रुपैयाँ रहेको छ । नेपाल राष्ट्रिय मुवाँथाईं संघको प्रावधिक सहयोगमा हुने प्रतियोगिताका खेलहरु हात्तीगौडामा हुनेछ ।

नेपालमा पनि मुवाँथाईं खेललाई व्यावसायिक बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको नेपाल राष्ट्रिय मुवाँथाईं संघका अध्यक्ष गणेशलाल कक्षपतिले जनाएका छन् ।

बुढानीलकण्ठ फाइट नाइट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय