+

मेयर कप भलिबल : उपाधिका लागि महालक्ष्मी र निलकण्ठ तथा महांकाल र ललितपुर भिड्ने

२०८१ चैत  १३ गते २०:२२ २०८१ चैत १३ गते २०:२२
मेयर कप भलिबल : उपाधिका लागि महालक्ष्मी र निलकण्ठ तथा महांकाल र ललितपुर भिड्ने

१३ चैत, जावलाखेल । ललितपुर महानगरपालिकाको १०६औं वार्षिकोत्सवको अवसरमा आयोजित अन्तरपालिका मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिताको फाइनल समिकरण पूरा भएको छ । बुधबार सेमिफाइनल खेल सम्पन्न भएपछि महिला र पुरुष दुवैतर्फ उपाधिका लागि भिड्ने टोलीको टुंगो लागेको हो ।

जावलाखेल भलिबल प्रशिक्षण केन्द्र कभर्डहल जावलाखेलमा जारी प्रतियोगितामा महिलातर्फ निलकण्ठ नगरपालिका र महालक्ष्मी नगरपालिका तथा पुरुषतर्फ आयोजक ललितपुर महानगरपालिका र महांकाल नगरपालिका फाइनल पुगेका छन् ।

महिलातर्फ बुधबार भएको सेमिफाइनलमा धादिङको निलकण्ठ नगरपालिकाले आयोजक ललितपुर महानगरपालिकालाई तथा महालक्ष्मी नगरपालिकाले बिगु गाउँपालिकालाई हराउँदै उपाधि नजिक पुगेका हुन ।

निलकण्ठले ललितपुरलाई २५–२० २५–२१, ३३–३१ काे सेटमा पराजित गर्याे । अर्काे सेमिफाइनलमा महालक्ष्मीले बिगुलाई २५–२०, २५–१९, २५–११ ले हरायो ।

उपाधिका लागि अब महालक्ष्मी र निलकण्ठ बिहीबार बिहान १० बजे खेल्ने छन् भने सेमिफाइनलमा पराजित ललितपुर र बिगुले तेस्रो स्थानमाका लागि बिहान ८ बजे प्रतिस्पर्धा गर्नेछन् ।

पुरुषतर्फ उपाधिका लागि आयोजक ललितपुरले महांकालसँग प्रतिस्धा गर्नेछ । ललितपुरले मन्थली ए लाई २५–१६, २५–२१, २०–२५, २५–१९ ले हराउँदै फाइनल पुगेको हो । अर्को सेमिफाइनलमा महांकालले मेलुङ गाउँपालिकालाई ३–० को सेटमा हराउँदै उपाधि नजिक पुग्यो। महांकालले मेलुङलाई २५–१५, २५–९, २५–१९ ले हरायो ।

पुरुष फाइनल खेल दिउँसाे २ बजे हुनेछ । सेमिफाइनलमा पराजित मन्थली ए र मेलुङबीच तेस्रो स्थानको लागि खेल बिहीवार दिउँसो १२:१५ बजे हुनेछ ।

प्रतियोगिताको महिला र पुरुष दुवैले विजेता दुई लाख पाउनेछन् । उपविजेता एक लाख, तेस्रो हुनेले ५० हजार पाउनेछन् ।

यस्तै बिधागततर्फ सर्वोत्कृष्ट खेलाडीले १० हजार प्राप्त गर्नेछन् भने बेस्ट स्पाईकर, बेस्ट ब्लकर, बेस्ट लिबेरो र बेस्ट प्रशिक्षकले समान ५ हजार पाउनेछन् ।

प्रतियोगितामा महिलातर्फ ८ र पुरुषतर्फ १४ टिमको सहभागि थिए ।

मेयर कप भलिबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय