+
+
Shares

फिल्म ‘बिगुल’ बन्ने, शीर्ष भूमिकामा नरेन खड्का

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १३ गते २१:३८

काठमाडौं । सामाजिक कथावस्तुमा आधारित रहेर फिल्म ‘बिगुल’ निर्माण हुने भएको छ । शीर्ष भूमिकामा नरेन खड्का अनुबन्धित भएका छन् ।

बिगुलको सांकेतिक अर्थ अन्यायविरुद्धको आवाज उठाउने बाजासँग जोडिन्छ, जसले फिल्मको कथावस्तु झल्काउने संकेत गर्छ । अहिलेसम्म एक दर्जनभन्दा बढी फिल्ममा काम गरिसकेका खड्का पछिल्लो पटक ‘१२ गाउँ’मा देखिएका थिए ।

‘हमेशा’बाट मुख्य अभिनेताका रूपमा डेब्यु गरेका खड्काले ‘बुलाकी’बाट निकै चर्चा पाए । यो फिल्मबाट उनले केही फेस्टिभलमा उत्कृष्ट अभिनेताको अवार्ड समेत जिते ।

अन्यायविरुद्धको आवाज उठाउने कथावस्तु बोकेको ‘बिगुल’मा अन्य कलाकारको टुंगो लाग्न बाँकी छ । यो फिल्मलाई रमेश कोइरालाले निर्देशन गर्नेछन् । उनले यसअघि ‘लीला’ र ‘नीरमाया’ निर्देशन गरेका छन् ।

मौनता श्रेष्ठको पटकथा रहेको फिल्ममा कल्पना पौडेल प्रस्तुतकर्ताका रूपमा छिन् । एमजीपी ब्यानरमा निर्माण हुने फिल्मको छायांकन शिव ढकालले गर्ने भएका छन् । छायांकन आगामी बैशाख १ गतेदेखि सुरु हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?