+
+
Shares

ललितपुरको ओचु हाइटमा एक युवकको हत्या

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १४ गते ९:१६
हत्या आरोपी सुमन रसाइलीलाई प्रहरीले पक्राउ गरेको छ ।

१४ चैत, काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिका ४ ओचु हाइटमा एक युवकको हत्या भएको छ । हत्या आरोपीलाई प्रहरीले पक्रेर अनुसन्धान थालेको छ ।

गएराति करिब ११ बजेतिर रामेछाप घर भएका २५ वर्षीय सुमन रसाइलीले ३० रामेछाप नै घर भएका रिपक खातीलाई खुकुरी प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ ।

‘उनीहरुबीच बहिनी जिस्काएको विषयमा विवाद थियो, सोही सन्दर्भमा गर्धनमा खुकुरी प्रहार गरी हत्या भएको देखिन्छ,’ इमाडोल प्रहरी स्रोतले भन्यो ।

हत्या आरोपी दीपक रसाइलीलाई राति नै इमाडोल प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी परिसर ललितपुरमा जिम्मा लगाएको थियो ।

हत्याको अनुसन्धान भइरहेको ललितपुर प्रहरी परिसरका एसएसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?