+
+
Shares

बढ्यो रायो सागको मूल्य, किलोको कति ?

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १४ गते ११:११

१४ चैत, काठमाडौं । बजारमा रायो सागको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले निर्धारण गरेको मूल्य सूची अनुसार आज रायो सागको थोक मूल्य बढेको हो ।

बिहीबार कालीमाटी बजारमा रायो सागको प्रतिकिलो थोक मूल्य अधिकतम ९० रुपैयाँदेखि औसत ८५ रुपैयाँसम्म तोकिएको छ । बुधबार भने रायो साग प्रतिकिलो ७५ रुपैयाँमा कारोबार भएको थियो । आज रायो सागको मूल्य १० रुपैयाँले बढेको हो ।

एक साताअघि कालीमाटी बजारमा रायोको प्रतिकिलो थोक मूल्य ४० देखि ४५ रुपैयाँमा बिक्री भइरहेको थियो ।

यस्तै बजारमा पालुंगो साग, चम्सुर साग र मेथीको साग प्रतिकिलो ७५ रुपैयाँमा कारोबार भइरहेको छ । तोरी सागको मूल्य भने प्रतिकिलो ४५ रुपैयाँ कायम छ ।

व्यवसायीका अनुसार अहिले बजारमा रायोको सागको आपूर्ति कम भएकाले मूल्य बढेको हो । रायोको सागको सिजन सकिन लागेकोले थोरै मात्रामा मात्रै साग बजारमा भित्रिएको उनीहरू बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?