+

पीएम कपमा शाहबको १०० विकेट पूरा, पुलिस १५० भित्रै अलआउट

२०८१ चैत  १४ गते १२:२४ २०८१ चैत १४ गते १२:२४
पीएम कपमा शाहबको १०० विकेट पूरा, पुलिस १५० भित्रै अलआउट

१४ चैत, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य रहिसकेका स्पीनर तथा त्रिभुवन आर्मी क्लबका खेलाडी शाहब आलमले पीएम कपमा १०० विकेट पूरा गरेका छन् ।

अहिले भइरहेको नेपाल पुलिस क्लबसँगको खेलमा पहिलो विकेट लिँदा नै उनको १०० विकेट पूरा भएको हो । त्यसपछि उनले थप ३ विकेट र नरेन साउदले पनि ३ विकेट लिएपछि पुलिस पनि कम योगफलमै रोकिएको छ ।

एक्स्ट्राटेक ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको पुलिसले ४१.४ ओभरमा अलआउट हुँदै १४८ रन बनाएको हो । कप्तान दिपेन्द्रसिंह ऐरीले सर्वाधिक ५० रन बनाए । आरिफ शेखले २२, गुल्शन झाले १७ र सागर ढकालले अविजित १६ रन बनाए ।

आर्मीका शाहबले १० ओभरमा ३१ रन दिएर ३ विकेट लिए । नरेन साउदले ७ ओभरमा १६ रन दिएर ३ विकेट लिए । कुशल मल्ल र भीम सार्कीले १-१ विकेट लिए ।

शाहब पीएम कपमा १०० रन पूरा गर्ने दोस्रो खेलाडी हुन् । यसअघि पुलिसका ललित राजवंशीले अघिल्लो खेलमा उक्त कीर्तिमान पूरा गरेका थिए ।

ललितको ४२ खेलमा १०१ विकेट छ भने शाहबले हालको अवस्थामा उनलाई उछिन्दै ४९ खेलमा १०३ विकेट पुर्‍याएका छन् । अब दोस्रो इनिङमा ललितले पुन: उनलाई उछिन्न सक्छन् ।

जारी पीएम कपमा ललितको उच्च प्रदर्शनमा नेपाल पुलिस क्लब अपराजित छ भने आर्मीका लागि पनि शाहबले शानदार बलिङ गरिरहेका छन् ।

पीएम कप क्रिकेट शाहब आलम
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय