+
+
Shares

पूर्वप्रधानमन्त्री भट्टराईलाई राजावादीले देखाए कालोझण्डा

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १४ गते १४:४५

१४ चैत, बुटवल। पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईलाई दाङमा कालो झण्डा देखाइएको छ ।

भट्टराई बसेको होटल नजिक पुगेर राजावादी समर्थकहरुले कालोझण्डा देखाउँदै प्रदर्शन गरेका हुन् ।

राजावादी युवा समर्थक सन्देश भण्डारी क्षेत्री नेतृत्वको टोलीले कालो झण्डा देखाउँदै प्रदर्शन गरेका थिए ।

उनीहरुले ‘संघीयता खारेज गर, धर्मनिरपेक्ष खारेज गर’ लगायतका नारा लगाएका थिए । उनीहरुले पूर्वप्रधानमन्त्री भट्टराईविरुद्ध पनि नारा लगाएका थिए ।

प्रदर्शनमा उत्रिएका व्यक्तिहरुले बोकेको कालोझण्डा प्रहरीले खोसेको छ ।

जिल्ला प्रहरी कार्यालय दाङले कालोझण्डा देखाइएको बारेमा अनुसन्धान भइरहेको जनाएको छ ।

‘यसबारे बुझ्दै छौं । अनुसन्धान जारी छ’ डिएसपी चक्रबहादुर शाहले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?