
१४ चैत, काठमाडौं । समाजवादी मोर्चाले भोलि शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा विरोध सभा आयोजना गर्दैछ । विरोधसभा अघि मोर्चाले काठमाडौंको विभिन्न स्थानबाट जुलुस प्रदर्शन गर्ने भएको छ ।
हजारौंको संख्यामा मानिस उतार्ने तयारी गरेको समाजवादी मोर्चाले विरोध प्रदर्शनलाई व्यवस्थित बनाउन रुट निर्धारण गरेको हो ।
गणतन्त्रको पक्षमा रहेका सबै दललाई प्रदर्शनमा सहभागी हुन आह्वान गरेको समाजवादी मोर्चाले विरोध प्रदर्शनमा करिब डेढ लाख मानिस सहभागी हुने अपेक्षा राखेको छ ।
मोर्चाका अनुसार विरोध जुलुस बिहान ११ बजे सुरु हुनेछ ।
कोटेश्वर हुँदै (पूर्वबाट आउनेहरू) बबरमहल, ललितपुर हुँदै (दक्षिणबाट आउनेहरू) कुपण्डोल, कलंकी हुँदै (पश्चिमबाट आउनेहरू) त्रिपूरेश्वर र बालाजु हुँदै (उत्तरपश्चिमबाट आउनेहरू) सोह्रखुट्टेमा भेला हुने जुलुसको नेतृत्व नेकपा माओवादी केन्द्रले गर्ने छ ।
यसैगरी मैतीदेव, डिल्लीबजार चोक र शान्तिबाटिकाबाट निस्कने जुलुसको नेतृत्व एकीकृत समाजवादीले गर्नेछ भने नेपाल कम्युनिस्ट पार्टीले सुन्धारा र नेपाल समाजवादी पार्टीले न्यूरोड गेटबाट निस्कने जुलुसको नेतृत्व गर्नेछ ।
हेर्नुहोस् प्रदर्शन हुने रुटहरू:
प्रतिक्रिया 4