+
+
Shares
फिल्म :

एन्जिला शुक्रबार नेपाल आउँदै, ९ सहरमा फिल्म प्रचार गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १४ गते १६:००
गत महिना ग्रीस उड्नुअघि आफू अभिनित फिल्म ‘अञ्जिला’को प्रेसमिटमा निर्देशक मिलन चाम्स र अभिनेता दयाहाङ राईसँग एञ्जिला तुम्बापो सुब्बा (बीचमा) ।

काठमाडौं । आफूबारेको फिल्म ‘अञ्जिला’को प्रचारप्रसारका लागि अभिनेत्री तथा राष्ट्रिय महिला फुटबल खेलाडी एन्जिला तुम्बापो सुब्बा शुक्रबार नेपाल आइपुग्ने भएकी छन् ।

कतार एयरवेजको जहाजबाट उनी १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछिन् । ४ दिनको नेपाल बसाइमा उनले काठमाडौंसहित ९ सहरमा पुगेर फिल्मको प्रचारमा जुट्नेछिन् ।

शुक्रबारै उनले काठमाडौं, कीर्तिपुर र ललितपुरका हलमा पुगेर दर्शकसँग साक्षात्कार गर्नेछिन् । त्यसपछि पोखरा, नेपालगञ्ज, विर्तामोड, धरान, इटहरी, चितवन र दाङ पुगेर त्यहाँका हलमा दर्शकसँग भेट्नेछिन् ।

एन्जिलाको यसपटकको नेपाल भ्रमण विशुद्ध फिल्मको प्रचारमा मात्र केन्द्रित हुने निर्देशक मिलन चाम्सले जनाए । उनको जीवनको कथामा आधारित फिल्मले यतिबेला नेपालका हलमा राम्रो कमाइ गरिरहेको छ । शुक्रबारदेखि १९ अन्तर्राष्ट्रिय बजारमा समेत प्रदर्शनको तयारी छ ।

फिल्मको शीर्ष भूमिकामा स्वयम एन्जिलाले अभिनय गरेकी छिन् । एन्जिला हाल ग्रीसमा व्यवसायिक फुटबल खेलिरहेकी छिन् । उनी त्यहाँको शीर्ष डिभिजनको महिला फुटबल लिगमा निस एट्रोमिटौबाट खेलिरहेकी छन् ।

सावित्रा भण्डारी साम्बापछि युरोपमा क्लब फुटबल खेल्ने एन्जिला दोस्रो नेपाली खेलाडी हुन् भने पहिलो नेपाली गोलकिपर हुन् ।
उनी गत महिना काठमाडौंमा सम्पन्न अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिप खेलेर ग्रीस फर्केकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?