
१४ चैत, काठमाडौं । भोलि काठमाडौंमा हुने छुट्टाछुट्टै प्रदर्शनलाई लिएर हुनसक्ने सम्भावित जोखिमलाई ध्यानमा राख्न नेपालस्थित अस्ट्रेलियन राजदूतावासले आग्रह गरेको छ ।
ट्राभल एड्भाइजरी जारी गर्दै दूतावासले काठमाडौंमा शुक्रबार ट्राफिक अवरुद्ध हुनसक्नेतर्फ ध्यान दिन आग्रह गरेको हो ।
काठमाडौंमा शुक्रबार गणतन्त्र पक्षधर र राजावादी समूहले छुट्टाछुट्टै प्रदर्शन गर्दैछन् । सो प्रदर्शनलाई लिएर सुरक्षा सतर्कता पनि बढाइएको छ ।
त्यसतर्फ ध्यान दिँदै दूतावासले आवतजावत सीमित गर्न आग्रह गरेको छ । आवश्यक नभएसम्म बाहिर ननिस्कन आग्रह गर्दै प्रभावित क्षेत्रमा नपुग्न सर्वसाधरणलाइै आग्रह गरेको हो ।
स्थानीय सुरक्षा निकाय, प्रहरी अधिकारी लगायतले जारी गरेको निर्देशन पालना गर्न दूतावासको आग्रह छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4