
१४ चैत, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार विदेशबाट आयात हुने कारहरूमा २५ प्रतिशतले भन्सार कर लगाउने घोषणा गरेपछि भारतीय कम्पनी टाटा मोटर्सका शेयरहरूमा लगभग ६ प्रतिशतको गिरावट आएको छ ।
त्यसैगरी, अमेरिकी अटोमोबाइल कम्पनी जनरल मोटर्सका शेयरमा ३ प्रतिशतले गिरावट आएको छ । जीप र क्रिसलर स्वामित्वको कम्पनी स्टेलान्टिसका शेयरहरूमा झन्डै ३.६ प्रतिशतले गिरावट आएको छ ।
टाटा मोटर्सको स्वामित्वमा रहेको जगुआर ल्यान्ड रोभर (जेएलआर) यस ट्यारिफबाट प्रत्यक्ष प्रभावित हुनेछ । कम्पनीले आर्थिक वर्ष २०२४ मा विश्वभर ४ लाख गाडी बेचेको थियो ।
तीमध्ये २२ प्रतिशत अर्थात् लगभग ८८ हजार गाडी अमेरिकामा बिक्री भएका थिए । जेएलआरले मुख्य रूपमा बेलायतमा कार उत्पादन गर्छ, जसलाई आयात गरेर अमेरिकामा बिक्री गरिन्छ ।
प्रतिक्रिया 4