+
+
Shares

जब शिक्षकहरू शिक्षा समिति सभापतिमाथि जाइलागे…

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १४ गते १७:१३

१४ चैत, काठमाडौं । शिक्षा समिति सभापति अम्बरबहादुर थापा र शिक्षकहरूबीच नोकझोक चलेको छ ।

बिहीबार काठमाडौंमा शिक्षाका लागि राष्ट्रिय अभियानले आयोजना गरेको कार्यक्रममा विद्यालय शिक्षा विधेयकमाथि छलफल थियो ।

सो छलफलमा समिति सभापति थापाले ‘शिक्षक कर्मचारीले आन्दोलन गर्ने होइन जनताको पक्षमा काम गर्ने हो’ भनेपछि शिक्षकहरू आक्रोशित भएका थिए ।

‘जनताको करबाट तलब खाने सांसद, शिक्षक, कर्मचारी सबैले ड्युटी गर्नुपर्छ। ड्युटी नगर्ने राज्यको तलब मात्र खाने भनेर बोलेको थिएँ,’ सभापति थापाले भने, ‘शिक्षकहरूले आन्दोलन गर्न जरुरी छैन । शिक्षकले भनेभन्दा बढी ऐनमा आउँछ।’

सभापति थापाले छलफलमा दल निकटका शिक्षक संघ संगठन पनि राख्न नहुने भनेका थिए । ‘दलको शिक्षक संघ/संगठन आवश्यक छैन। संविधानले पनि पार्टी निकटको युनियन खोल्ने भनेको छैन,’ सभापति थापाले भने । यीनै विषयमा शिक्षकहरूले असन्तुष्टि जनाएको सभापति थापाले बताए ।

सभापति थापाले शिक्षकहरूलाई अपमान गरेपछि आफूहरूले सहन नसकेको नेपाल शिक्षक महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीले बताइन् ।

‘सभापतिले विषयवस्तुभन्दा बाहिर गएर बोल्नुभयो । शिक्षकलाई अपमान गर्नुभयो । शिक्षक गोजीबाट नियुक्त लिएको र सरकारी तलब खाएर आन्दोलन गर्न पाइँदैन भन्नुभयो । हामीले सह्न सकेनौं,’ शिक्षक महासंघबाट छलफलमा प्रतिनिधित्व गरेर गएकी पराजुलीले भनिन् ।

सभापति थापाले सार्वजनिक विद्यालय खत्तम् रहेको टिप्प्णी गरेकोले आफूहरूले प्रतिकार गरेको बताइन् । ‘ऐन ल्याउछौं भनेर सान्तवना दिनुपर्ने हो । तर, अपमान गर्नुभयो,’ उनले भनिन् ।

हाल विद्यालय शिक्षा विधेयक प्रतिनिधि सभाको शिक्षा समितिमा दवाफार छलफलको क्रममा छ । र, विधेयक पास गर्न माग राख्दै शिक्षकहरूले आन्दोलन घोषणा गरेका छन् । २० चैतबाट काठमाडौं केन्द्रित सडक आन्दोलन गर्ने घोषणा शिक्षक महासंघले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?