
काठमाडौं । एउटा पूर्ण रुपमा हुर्केको अर्थात् बयस्क बाख्रोले विश्वकै सबैभन्दा सानो बाख्रोको रुपमा गिनिज बुकमा नाम लेखाएको छ ।
भारतको केरलास्थित पिटर लेनु नामका किसानले पालेको कारुम्बी नामको उक्त बाख्रोको उचाइँ केवल १ फुट ३ इन्च छ ।
४ वर्षको उक्त पुड्को बाख्रा किसान लेनुको गोठमा रहेका २३ वटा बाख्रामध्ये एक हो । तर अन्य बाख्राको तुलनामा यसको आकार निकै सानो छ ।
छिमेकी तथा आफ्नो गोठमा बाख्रा हेर्नका लागि आउनेहरुले कारुम्बीलाई निकै सानो आकारको छ भनेपछि मात्रै लेनुले यो संसारकै सानो हुनपनि सक्ने ठहर गरेका थिए । त्यसपछि उनले स्थानीय पशुचिकित्सकक लाई बोलाएर बाख्राको नापजाँच गरे । त्यसक्रममा उक्त बाख्री १ फुट ३ इन्च मात्रै अग्लो भएको पत्ता लाग्यो ।
यति सानो हुनुका बाबजुत यो बाख्राको प्रजनन क्षमता अब्बल छ । यसले एउटा पाठो जन्माइसकेको छ भने फेरि गर्भवती रहेको छ । एजेन्सीको सहयोगमा
प्रतिक्रिया 4