+
+
Shares
रंगमंच :

कान्तिपुर फिल्म एकेडेमीले नाटक घर संचालनमा ल्याउने

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १४ गते १७:५८

काठमाडौं । कान्तिपुर फिल्म एकेडेमीले नाटक घर संचालनमा ल्याउने भएको छ । विश्व रंगमञ्च दिवसको अवसरमा बिहीबार अभिनेता राजेश हमालले निर्माण हुन लागेको थिएटर शिलान्यास गरे ।

९ वर्षदेखि फिल्म निर्माण र अभिनय विषयमा पठनपाठन गर्दै आएको एकेडेमीले नक्साल गैरीधाराको परिसरमा नाटक घर संचालनमा ल्याउन लागेको हो । फिल्म र नाटकलाई जोडेर अघि बढाउने उद्देश्यले थिएटर निर्माण सुरु भएको एकेडेमीका प्रमुख प्रकाश पुरीले बताए ।

थिएटर सुरुवातसँगै अब फिल्मका विद्यार्थीले एकेडेमीमा थिएटरसम्बन्धी पनि अध्ययन र अभ्यास गर्न पाउने अवसर पाउनेछन । १४४ सिट क्षमताको थिएटरको निर्माण बैशाखमा सम्पन्न हुने जनाइएको छ ।

एकेडेमीको अभिनय संकायका विद्यार्थीको लागि नाटक निर्माण र मंचनसँगै अन्य नाट्य समूह र रंगकर्मीलाई मंच प्रदान गरिने जनाइएको छ । शिलान्यास गर्दै अभिनेता हमालले थिएटरले फिल्म र रंगमञ्चमा आउन र सिक्न खोज्ने नव प्रवेशीको लागी अवसरको दायरा फराकिलो तुल्याउने बताए ।

एकेडेमीले गतबर्ष कान्तिपुर सिनेमाज नामक ओटीटी प्लाटफर्मको पनि सुरुवात गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?