+
+
Shares
फिल्म :

पाइरेसीको कारण देखाउँदै ‘एल २ : एम्पुरन’को नेपाल रिलिज रोकियो

अर्को साता रिलिजको सम्भावना

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १४ गते १८:२४

काठमाडौं । पाइरेसी हुनसक्ने कारण देखाउँदै निर्माताले मोहनलाल स्टारर बहुप्रतीक्षित दक्षिण भारतीय फिल्म ‘एल २ : एम्पुरन’को नेपाल प्रदर्शनलाई रोकेका छन् । यो फिल्म बिहीबारदेखि नेपालमा रिलिज तयारीमा थियो ।

केही हलले फिल्म रिलिज हुने भन्दै सूचना समेत प्रकाशित गरिसकेका थिए । यस्तोमा, फिल्मको अन्तर्राष्ट्रिय वितरक फोर सिजन क्रिएसन्सले बिहीबार नेपालको वितरक ब्यांकटेस इन्टरटेनमेन्टलाई इमेल र टेलिफोन गर्दै प्रदर्शन रोकिएको जनाएका हुन् ।

पाइरेसी इस्युको कारण देखाउँदै निर्माताले नेपालसहित भुटान, मलेसिया र रुसमा यो साता फिल्म रिलिज गर्न नमानेको वितरण स्रोतले अनलाइनखबरलाई जानकारी दियो । ‘पाइरेसी हुने डरले निर्माताले फिल्मलाई एकसाता पोस्टपोन्ड गरे । अब आउने शुक्रबार रिलिज हुन्छ’ वितरणले स्रोतले भन्यो ।

पृथ्वीराज सुकुमारन निर्देशित यो फिल्म बिहीबारदेखि विश्वभर रिलिज भएको छ । रिलिजअघि नै अन्तर्राष्ट्रिय बजारमा फिल्मले झण्डै ६० करोड भारु बराबरको एड्भान्स टिकट बिक्री गरेको छ । यो फिल्म सन् २०१९ को ब्लकबस्टर फिल्म ‘लुसिफर’को दोस्रो श्रृंखला हो ।

यो फिल्मको प्रदर्शन रोकिँदा शुक्रबार नेपाली फिल्म ‘डोरी’ रिलिज हुनेछ । आइतबारदेखि बलिउड फिल्म ‘सिकन्दर’ प्रदर्शन तयारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?