+
+
Shares

कर्मचारीहरू सरकार र पार्टीको नोकर हुने खतरा बढ्यो : लिङ्देन

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १४ गते १८:२७

१४ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले कुलमान घिसिङलाई पदमुक्त गर्ने सरकारको निर्णयले कर्मचारीहरू राजनीतिक स्वार्थको लागि राष्ट्रसेवकभन्दा सरकार र पार्टीको नोकर हुने खतरा बढेको बताएका छन् ।

बिहीबार संसद् भवन परिसर नयाँ बानेश्वरमा सञ्चारर्कीहरूसँग कुराकानी गर्दै अध्यक्ष लिङदेनले यस्तो बताएका हुन् । आफ्नो कार्यकालको केही समय मात्र बिताउन बाँकी रहेका कुलमानलाई सम्मााजनक बिदाइ गर्नुपर्ने ठाउँमा उपमानजनक रुपले निष्कासन गरेर सरकारले गलत नजिर स्थापित गरेको बताए ।

‘एउटा कुशल प्रशासकको रुपमा स्थापित कुलमान घिसिङ जसले आफ्नो कार्यकालको थोरै मात्र समय व्यतित गर्न बाँकी थियो । उसलाई सम्मानजनक बिदाइ गर्नुपर्ने ठाउँमा जुन उपमान जनक ढंगले निष्कासन गरियो,’ लिङ्देनले भने, ‘त्यसले एउटा नजिर खडा हुने खतरा भयो कि सरकारले चाह्यो भने कर्मचारीहरूलाई जसनसुकै बेला निकाल्न सक्छ । यसले कर्मचारी राष्ट्रसेवक भन्दा पनि कहिले काँही राजनीतिक स्वार्थको लागि सरकार र पार्टीको नोकरमा परिणत हुने खतरा भयो ।’

कमजोर कर्मचारी प्रशासनलाई ध्वस्त पार्ने काम गरेको भन्दै सरकारले निर्णय सच्याउनुपर्ने लिङ्देनको भनाइ थियो ।

अध्यक्ष लिङदेनले प्रतिपक्षी दलहरूले संसदमा प्रधानमन्त्रीले चित्तबुझ्दो जवाफ मागिरहेको र जवाफ नदिएसम्म संसद चल्न नदिने अडान कायमै रहेको पनि जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?