+
+
Shares

वात्सल्य र प्रमुख बैंकहरूबीच विशेष साझेदारी, निःसन्तान दम्पतीलाई विशेष छुट

सेवा अझ सहज र पहुँचयुक्त बनाउन नेपालका प्रमुख बैंकहरूसँग सहकार्य गर्दै निःसन्तान दम्पतीका लागि विशेष छुट योजना सुरु गरेको वात्सल्यले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १४ गते १८:४१

१४ चैत, काठमाडौं । निःसन्तान समस्या समाधानमा अग्रणी मानिएको आईभीएफ सेन्टर वात्सल्यले नेपालका प्रमुख बैंकहरूसँग विशेष साझेदारी गरेको छ ।

सेवा अझ सहज र पहुँचयुक्त बनाउन नेपालका प्रमुख बैंकहरूसँग सहकार्य गर्दै निःसन्तान दम्पतीका लागि विशेष छुट योजना सुरु गरेको वात्सल्यले जनाएको छ ।

यस नयाँ पहल अन्तर्गत वात्सल्यले नेपाल बैंक लिमिटेड, स्ट्यान्डर्ड चार्टर्ड बैंक, माछापुच्छ्रे बैंक, कुमारी बैंक, लक्ष्मी सनराइज बैंक, गरिमा विकास बैंक, सानिमा बैंक, सिटिजन्स बैंक र ग्लोबल आईएमई बैंकसँग साझेदारी गरेको हो ।

यस सहकार्य मार्फत सम्बन्धित बैंकका कर्मचारी र ग्राहकले विशेष छुट तथा अन्य सुविधा प्राप्त गर्नेछन् । यस योजना अन्तर्गत आईभीएफ उपचार, प्याथोलोजी परीक्षण र औषधिमा विशेष छुट प्राप्त गर्न सकिने छ ।

बैंकहरूसँगको सहकार्यले आर्थिक रूपमा उपचार सरल बनाउनुका साथै अभिभावक बन्ने चाहना भएका दम्पतीलाई गुणस्तरीय सेवा प्रदान गर्ने लक्ष्य राखेको छ ।

थप जानकारीका लागि ०१५९७०६११ मा सम्पर्क गरेर वा आफ्नो नजिकको वात्सल्य क्लिनिकमा गई बुझ्न सकिने वात्सल्यले जनाएको छ ।

वात्सल्यको सेवा सुविधा नेपालका विभिन्न सहर काठमाडौं, भक्तपुर, ललितपुर, पोखरा, भरतपुर, बुटवल, नेपालगञ्ज र विराटनगरमा रहेका वात्सल्य क्लिनिक मार्फत लिन सकिने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?