
१४ चैत, काठमाडौं । सनलङको इलेक्ट्रिक कार्गो पिकअप नेपाल भित्रिएको छ । ब्लु कर्पोरेसन प्रालिले सनलङको कार्गो पिकअप भ्यान नेपाल ल्याएको हो ।
कम्पनीले ललितपुर बालकुमारीमा शोरुम स्थापना गरेर सनलङ ‘ईभीयू–३’ कार्गो पिकअप भ्यान सार्वजनिक गरेको हो ।
सनलङ ईभीयू–३ मा ७० किलोवाट क्षमाताको मोटर उपलब्ध छ । यसमा कम्पनीले ४२ किलोवाट आवरको लिथियम आइरन फोस्फेट ब्याट्री दिएको छ । एक पटकको फुलचार्जमा यसले २ सय ८६ किलोमिटरसम्म रेन्ज दिने कम्पनीको भनाइ छ ।
सनलङ ईभीयू–३ को लम्बाइ ४९९५ एमएम, चौडाइ १६६५ एमएम, उचाइ १८२० एमएम र ह्विलबेस ३०५० एमएम छ । यस कार्गोको स्पेसको लम्बाइ ३१५५ एमएम, चौडाइ १५४० एमएम र उचाइ ३३० एमएम छ । यसको १.४ टन लोडिङ क्षमता छ ।
यसको टप स्पिड ९० किलोमिटर प्रतिघण्टासम्म छ । यसमा १८० एमएम अग्लो ग्राउन्ड क्लियरेन्स पाउन सकिन्छ । कम्पनीले यसमा भएको ब्याट्री र मोटरमा ५ वर्ष वा २ लाख किलोमिटरसम्मको वारेन्टि दिने जनाएको छ ।
ब्लु कर्पोरेसनले ३१ लाख ४५ हजार रुपैयाँ तोकेर बिक्री सुरु गरेको हो । कम्पनीले निकट भविष्यमै कमर्सियल भ्यानसमेत ल्याउने तयारी थालेको छ ।
प्रतिक्रिया 4