+
+
Shares

चलचित्र विकास बोर्डको सदस्यमा लोहनी नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १४ गते १९:२२
लोहनी (बायाँ)लाई नियुक्तिको प्रमाणपत्र प्रदान गर्दै संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ ।

काठमाडौं । चलचित्र विकास बोर्डको रिक्त सदस्य पदमा निर्माता, निर्देशक तथा कलाकार सन्तोषबाबु लोहनी नियुक्त भएका छन् । संचार तथा सूचना प्रविधि मन्त्रालयको मन्त्रीस्तरीय निर्णयअनुसार उनी सदस्यमा नियुक्त भएका हुन् ।

२०४९ सालबाट फिल्म ‘अपमान’मा अभिनय गर्दै करिअर थालेका उनले फिल्म र टेलिभिजन कार्यक्रमको अभिनय, निर्देशन र निर्माणमा पनि सक्रियता दर्शाइरहेका छन् ।

‘अपमान’, ‘जय विजय’जस्ता फिल्ममा शीर्ष भूमिका निर्वाह गरेका उनले ‘नारी, द वुमन’, ‘हेलो नेपाल’, ‘कोइराला, मानवताका लागि’ जस्ता चर्चित टेलिभिजन कार्यक्रममा पनि काम गरेका छन् ।

सदस्य नियुक्त भएपछि अनलाइनखबरसँग कुरा गर्दै लोहनीले बोर्डमा रहेर नेपाली चलचित्र क्षेत्रको प्रवर्धन, नीति निर्माण र डिजिटल माध्यममार्फत विश्वव्यापी प्रचारप्रसारका लागि कार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । लोहनी बोर्डको अन्तर्राष्ट्रिय चलचित्र प्रवर्धन समितिको सदस्य समेत थिए ।

बोर्ड अध्यक्ष दिनेश डिसीले लोहनीलाई शुभकामना दिँदै बोर्डको कार्यक्षेत्रमा उनको अनुभव र योगदान महत्वपूर्ण हुने विश्वास व्यक्त गरेका छन् । बोर्डमा अझै एकजना सदस्यको पद रिक्त छ । सदस्य राजु खत्री क्षेत्रीको कार्यकाल १८ चैतमा सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?