
१४ चैत, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकमसहित रुपन्देहीमा कार्यरत एक जना प्रहरी नायब निरीक्षक (सई) लाई नियन्त्रणमा लिएको छ ।
बुटवलस्थित अख्तियार कार्यालयबाट खटिएको टोलीले प्रहरी चौकी हाटी बनगाई दुर्गौलियामा कार्यरत सई खिमबहादुर खड्कालाई ३० हजार रुपैयाँ घुस रकमसहित नियन्त्रणमा लिएको हो ।
रुपन्देहीको दुर्गौलिया नाका हुँदै भारतबाट अवैधरूपमा घरायसी सामान भित्र्याउन सहजीकरण घुस लिइसकेको अवस्थामा खड्कालाई मायादेवी गाउँपालिका-६ बाट बुधबार नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।
खड्कामाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4