
१४ चैत, काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले १५ चैतमा काठमाडौंमा हुने राजावादी प्रदर्शनमा सहभागी हुन आफ्ना नेता–कार्यकर्ता तथा समर्थकलाई अपिल गरेका छन् ।
बिहीबार सामाजिक सञ्जालमार्फत थापाले प्रदर्शनमा सहभागिता जनाउन अपिल गरेका हुन् । उनले काठमाडौंको तीनकुनेमा जम्मा हुन भनेका छन् ।
‘चैत १५ गते तीनकुने जाऔं, भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट मुक्ति तथा हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापनाको अभियानमा साथ दिऔं,’ उनले लेखेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4