+
+
Shares

काठमाडौंमा प्रदर्शन : एसईई चल्ने, दिउँसो केही विद्यालय बन्द

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १४ गते २२:२८

१४ चैत, काठमाडौं । राजावादी र गणतन्त्रवादीको आन्दोलनले काठमाडौंका केही शैक्षिक संस्थाको पठनपाठन प्रभावित हुने भएको छ ।

चैत ७ देखि चलिरहेको एसईई नरोकिने भए पनि केही विद्यालयले भने सूचना निकालेर पठनपाठन भइरहेका विद्यालय बन्द हुने जनाएका हुन् ।

काठमाडौंको प्रिमियर, पाठशाला, मिल्सबेरी, ह्वाइटहाउस लगायतका स्कुलले दिउँसोको पठनपाठन बन्द हुने सूचना अभिभावकसमक्ष पठाएका छन् । प्रदर्शनका कारण सवारी आवागमन र सुरक्षामा समेत असर पर्नसक्ने भन्दै केही विद्यालयहरूले बन्द गर्ने निर्णय गरेका हुन् ।

तर, प्याब्सन र एनप्याब्सनले भने आधिकारिक रूपमा शैक्षिक संस्था बन्दको कुनै निर्णय नभएको जनाएका छन् ।

‘विद्यालयको सम्बन्धमा कुनै निर्णय भएको छैन । कुनै ठाउँमा हजारौं भिड आउँदा नजिक विद्यालयले संयमता अपनाउनु स्वाभाविक हो,’ एनप्याब्सनका निवर्तमान अध्यक्ष पाण्डव हमालले भने, ‘तर सम्बन्धित निकायबाट कुनै निर्देशन भने आएको छैन ।’

प्याब्सनले पनि विद्यालय बन्दको निर्णय नभएको बताएको छ ।

‘आन्दोलन हुने क्षेत्रमा गाडी बन्द हुन सक्छ,’ उनले भने, ‘तर हामीले कुनै आधिकारिक निर्णय गरेका छैनौं ।’

शुक्रबार काठमाडौंका फरक–फरक ठाउँमा राजावादी र गणतन्त्रवादी समूहले छुट्टाछुट्टै प्रदर्शन गर्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?