+
आईपीएल २०२५ :

पूरन र मार्शको आक्रामक ब्याटिङमा लखनउले हैदराबादलाई हरायो

२०८१ चैत  १४ गते २३:२८ २०८१ चैत १४ गते २३:२८
पूरन र मार्शको आक्रामक ब्याटिङमा लखनउले हैदराबादलाई हरायो

१४ चैत, काठमाडौं । निकोलस पूरन र मिचेल मार्शले आक्रामक ब्याटिङ गर्दै अर्धशतक बनाएपछि लखनउ सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पहिलो जित निकालेको छ ।

लखनउले बिहीबार सनराइजर्स हैदराबादलाई ५ विकेटले हराएको हो । हैदराबादले दिएको १९१ रनको लक्ष्य लखनउले १६.१ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्‍यो ।

लखनउका पूरनले २६ बलमा ६ चौका र ६ छक्कासहित ७० रन बनाए । मार्शले ३१ बलमा ७ चौका र २ छक्कासहित ५२ रन बनाए । अब्दुल समाद २२ र डेभिड मिलर १३ रनमा अविजित रहे । कप्तान रिषभ पन्तले १५ रन बनाए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको हैदराबादले २० ओभरमा ९ विकेट गुमाएर १९० रन बनाएको थियो । ट्राभिस हेडले सर्वाधिक ४७ रन बनाए । अनिकेत वर्माले ३६ तथा नितिश रेड्डीले ३२ रन बनाए ।

लखनउका शार्दुल ठाकुरले ४ ओभरमा ३४ रन दिएर ४ विकेट लिए । आवेश खान, रवि विश्नोइ, दिग्वेश राथी र प्रिन्स यादवले १-१ विकेट लिए ।

योसँगै लखनउले २ खेलबाट २ अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ । हैदराबादको पनि समान खेलबाट समान अंक छ र छैटौं स्थानमा छ ।

आईपीएल क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय