१५ चैत, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणका लागि एनसेल ललितपुर सिटी एफसीको ‘पावर्ड बाई’ प्रायोजक बनेको छ। यस सम्झौताले क्लबलाई थप ऊर्जा र दिने क्लबको विश्वास छ ।
प्रायोजन सम्झौतापछि एनसेलका चीफ कमर्शियल अफिसर उमेर मोहसिनले यो साझेदारी खेलकुद प्रवर्द्धन र युवा प्रतिभा विकासमा निकै सहयोगी हुने उल्लेख गरे ।
‘एनएसएलसँगको सहकार्य र ललितपुर सिटी एफसीसँगको सम्झौताले एनसेल देशमा खेलकुद तथा युवा प्रतिभाको विकासमा सधैं प्रतिवद्ध रहेको स्पष्ट पार्दछ’ मोहसिनले भने, ‘सबैमा उत्साह जगाउँदै सबैले मन पराउने फुटबल खेलमा आवद्ध हुन पाएकोमा खुसी छौं।’
एक जिम्मेवार कर्पोरेट संस्थाका रूपमा एनसेलले खेलकुद विकास र प्रतिभा निखार्न महत्त्वपूर्ण योगदान पुऱ्याउँदै आएको छ । कम्पनीले फुटबल, क्रिकेट, भलिबल, गल्फलगायतका खेलहरु र आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत रहेर एनसेल फाउन्डेसनमार्फ पारा खेलाडीहरूको सिप विकास र प्रशिक्षणका लागि पनि सहयोग गर्दै आएको छ ।
शनिबारदेखि सुरु हुने एनएसएलमा नेपालका सात टोलीले प्रतिस्पर्धा गर्नेछन्। एनसेल यसअघि नै प्रतियोगिताको मुख्य प्रायोजक भइसकेको छ।
नेपाली राष्ट्रिय टिमका डिफेण्डर अनन्त तामाङलाई नै मार्की प्लेअरमा निरन्तरता दिएको ललितपुरले राष्ट्रिय टोलीका अर्का डिफेण्डर डिफेण्डर सनिश श्रेष्ठलाई रिटेन गरेको थियो । यस्तै मिडफिल्डर आदित्य शाक्यलाई पनि ललितपुरले रिटेन गरेको थियो ।
यस पटक ललितपुरको मुख्य प्रशिक्षकमा इंग्ल्याण्डका साइमन ग्रेसन छन् । यस बाहेक ललितपुर टिममा राष्ट्रिय टिमकै मिडफिल्डर मणि कुमार लामा पनि छन् ।
टिमका अन्य खेलाडीहरुमा सन्तोष खत्री, समित श्रेष्ठ, डिफेण्डर योगेश गुरुङ र अभिषेक वाइवा, मिडफिल्डर सुदिप गुरुङ र नविन लामा छन् । यसैगरी मनोज राई, पवन शाही, दिपेश घले र अनिश क्षेत्रीलाई पनि ललितपुरले अनुबन्ध गरेको थियो ।
ललितपुर सिटीले चैत्र १६ गते पहिलो संस्करणको च्याम्पियन काठमाडौं रेजर्ससँग प्रतिस्पर्धा गर्दै उपाधि रक्षा अभियान थाल्नेछ ।
प्रतिक्रिया 4