+
+
Shares

राष्ट्रिय सभामा ५ वटा अध्यादेश प्रतिस्थापन विधेयक पारित गर्ने कार्यसूची

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १५ गते १०:३७

१५ चैत, काठमाडौँ । राष्ट्रिय सभामा आज अध्यादेश प्रतिस्थापन विधेयकहरू पारित गर्ने कार्यसूची छ ।

सभाको बैठक दिउँसो सवा १ बजे बस्दैछ । जहाँ प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

उपप्रधानमन्त्री एवं अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले तीन वटा विधेयक पारित गरियोेस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । जसमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, निजीकरण (पहिलो संशोधन) विधेयक र आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक रहेको छ ।

यी पाँच वटै विधेयक पारित गर्नु अगाडि सदनमै दफावार छलफल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?