+
+
Shares

प्रतिनिधि सभामा आज विधेयकहरू अघि बढाउने तयारी

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १५ गते ११:१४

१५ चैत, काठमाडौँ । प्रतिनिधि सभामा आज विधेयकहरू अघि बढाउने तयारी छ ।

सभाको बैठक बिहान ११ बजे बस्दैछ ।

जहाँ बैंकिङ्ग कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक २०८० का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गर्ने कार्यसूची छ ।

प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिका सभापति दिपक बहादुर सिंहले जलस्रोत विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१ पेश गर्ने तयारी छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री दिपक खड्काले ‘नविकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?