+
+
Shares

मोर्चाको जुलुसमा जान स्वास्थ्यले साथ दिँदैन, वक्ताको सूचीमा नाम छैन : झलनाथ खनाल

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १५ गते १२:२२

१५ चैत, काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल समाजवादी मोर्चाको प्रदर्शन र सभामा सहभागी नहुने भएका छन् । तर र्‍याली र सभालाई आफ्नो समर्थन रहेको उनले बताए ।

भ्रष्टाचार र बेथितिविरुद्ध सरकारलाई खबरदारी गर्न तथा गणतन्त्रको रक्षा गर्न भन्दै समाजवादी मोर्चाले सभा गर्दै छ । सभालाई सम्बोधन गर्ने वक्ताको सूचीमा खनालको नाम समावेश नभएकाले पनि उनी सहभागी नभएका हुन् ।

अनलाइनखबरसँग कुरा गर्दै खनालले भने, ‘मेरो स्वास्थ्यको कारण जुलुसमा हिँड्न सक्दिनँ । सभामा बोल्ने चार पार्टीका अध्यक्ष मात्र हुनुहुन्छ । त्यसैले म नजाने निर्णय गरेँ ।’

समाजवादी मोर्चाको सभालाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, नेकपा महासचिव विप्लव र नेसपाका अध्यक्ष महिन्द्रराय यादवले सम्बोधन गर्दै छन् ।

एकीकृत समाजवादीका सम्मानित नेता खनालले घरमै बसीबसी मिडियामार्फत् प्रदर्शन र सभालाई अवलोकन गर्ने बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?