१५ चैत, काठमाडौं । भैरहवास्थित एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा जडान गरिएको फ्लड लाइटको परीक्षण अन्तर्गत आज पहिलो पटक टी-१० शो म्याच हुने भएको छ।
नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दको नेतृत्वमा क्यान-११ र हरिबहादुर थापाको नेतृत्वमा रुपन्देही-११ बीच खेल हुने मैदानमा निर्देशक सुर्य कुँवरले जनाएका छन् ।
यसअघि प्रधानमन्त्री कप सुरु हुनु अघि स्थानीय खेलाडीहरूले फ्लडलाइटमा अभ्यास गरेका थिए भने प्रतियोगिता चलिरहेका बेला क्यानका सचिव पारस खड्काले समेत मैदानको अवलोकन गरेका थिए ।
शो म्याचलाई सफल बनाउन क्यान अध्यक्ष चन्दसहित संघका पदाधिकारीहरू आज बेलुकी मैदानमा पुग्नेछन्। आयोजकका अनुसार खेलले फ्लडलाइटको प्रभावकारिता मूल्यांकन गर्न मद्दत गर्नेछ।
क्रिकेटप्रेमी तथा सञ्चारकर्मीहरूलाई उपस्थित भएर खेललाई रोमाञ्चक बनाउन आयोजकहरूले आग्रह गरेका छन्।
खेल बेलुकी ७ बजे सुरु हुनेछ।
प्रतिक्रिया 4