+
+
Shares
फिल्म :

भाटभटेनीस्थित क्यूएफएक्सका बन्द ३ हल संचालनमा, इटहरीको बन्द

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १५ गते १२:१६

काठमाडौं । केही दिनदेखि बन्द रहेका क्यूएफएक्सको भक्तपुर, बुटवल र बिराटनगरका ३ हल शुक्रबारदेखि पुनः संचालनमा आएका छन् । प्राविधिक कारण देखाउँदै यी हल बन्द गरिएका थिए ।

शुक्रबारदेखि हलको प्रदर्शन नियमित रुपमा फर्किएको संचालक कम्पनी रेगल सिनेमाजले जनाएको छ । शुक्रबारदेखि नयाँ नेपाली फिल्म ‘डोरी’ रिलिज गर्दै क्यूएफएक्सले यी ३ हल संचालनमा ल्याएको हो ।

यसैबीच, इटहरीको सेन्ट्रल प्लाजामा भएको आगलागीमा क्षति पुगेको क्यूएफएक्सको हल बन्द भएको छ । हलले सूचना प्रकाशित गर्दै अर्को सूचना नआएसम्म हल बन्द हुने जनाएको छ ।

आगलागी र आगो निभाउन पानीको प्रयोग गर्दा उपकरणमा क्षति पुगेकाले केही महिनाको लागि हल बन्द हुने जनाइएको छ । क्यूएफएक्स देशकै ठूलो मल्टिप्लेक्स चेन फिल्म हल हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?