+
+
Shares

तीनकुनेमा भेला भए राजावादी, चाबहिलबाट अघि बढे सुवेदी (तस्वीरहरू)

चाबहिलबाट राजतन्त्र पुनर्स्थापना अभियानका संयोजक नवराज सुवेदी अघि बढेका छन् । उनीहरू गौशाला–एयरपोर्ट–सिनामंगल हुँदै तीनकुने पुग्ने कार्यक्रम छ ।

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०८१ चैत १५ गते १२:३५

१५ चैत, काठमाडौं । काठमाडौंको तीनकुनेमा राजावादीहरू भेला हुन थालेका छन् । राजसंस्था पुनस्थापना र हिन्दू राज्यसहितका माग गर्दै उनीहरूले प्रदर्शन गरेका हुन् ।

उनीहरूको प्रदर्शनलाई लिएर प्रहरीले सुरक्षा सतर्कता बढाएको छ । राजावदीहरूका लागि तय भएका विभिन्न क्षेत्रबाट जुलुस निस्किएका छन् ।

चाबहिलबाट राजतन्त्र पुनस्थापना अभियानका संयोजक नवराज सुवेदी अघि बढेका छन् । उनीहरू गौशाला–एयरपोर्ट–सिनामंगल हुँदै तीनकुने पुग्ने कार्यक्रम छ ।

उता, गणतन्त्र पक्षधरहरूले पनि विभिन्न क्षेत्रबाट जुलुस निकालेका छन् । उनीहरू भृकुटीमण्डपमा जम्मा भएर सभा गर्दैछन् ।

तस्वीरहरु :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?