
१५ चैत, काठमाडौं । नेपाल प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जाल तथा डिजिटल प्लेटफर्महरूमा भ्रामक सूचना फैलाउने र हिंसात्मक पोस्ट गर्ने कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
ब्यूरोले शुक्रबार एक विज्ञप्ति जारी गर्दै यस प्रकारका अभिव्यक्तिहरूले समाजमा हिंसात्मक वातावरण सिर्जना गरी सामाजिक सद्भाव र देशको सुरक्षा व्यवस्थामा समेत गम्भीर असर पुर्याउन सक्ने भन्दै त्यस्ता गतिविधिलाई प्रोत्साहन नगर्न/नगराउन अनुरोध गरेको छ ।
यस्ता गतिविधिसँग सम्बन्धित विषयवस्तुहरू सामाजिक सञ्जालमा सेयर नगर्न समेत ब्यूरोले भनेको छ ।
सामाजिक सञ्जालको दुरुपयोग गर्दा कानुनी झमेलामा पर्न सक्ने भएकाले जिम्मेवार भएर प्रयोग गर्न समेत ब्यूरोले भनेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4