+
+
Shares

राजावादीको र्‍यालीमा पृथ्वीनारायण शाहदेखि योगी नरहरिनाथसम्मको फोटो प्रदर्शन

राजावादीका समर्थकहरूले पृथ्वीनारायण शाह, महेन्द्र, ज्ञानेन्द्र, योगी नरहरिनाथको तस्वीर बोकेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १५ गते १३:१८

१५ चैत, काठमाडौं । राजावादीहरुको प्रदर्शनमा सहभागीहरुले पृथ्वीनारायण शाहदेखि योगी नरहरिनाथसम्मको फोटो प्रदर्शन गरिएको छ ।

उनीहरूले पृथ्वीनारायण शाह, महेन्द्र, ज्ञानेन्द्र, योगी नरहरिनाथको तस्वीर बोकेका छन् ।

यसअघि फागुन २५ गते पोखराबाट काठमाडौं आएका पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागतमा उत्रिएका बेलामा राजावादीहरुले योगी आदित्यनाथको फोटो बोकेका थिए । तर त्यतिबेला सरकारले नै घुसपैठ गराएर राजावादीलाई बदनाम गराउन खोजेको आरोप लगाइएको थियो ।

उनीहरुले गणतन्त्र खारेज गरी राजसंस्था पुनर्स्थापनाको माग गर्दै काठमाडौंको तीनकुनेमा सभा आयोजना गर्दै छन् । सभामा सहभागी हुन विभिन्न स्थानबाट र्‍याली सहित राजावादीहरु तीनकुने पुग्ने क्रम जारी छ ।

तीनकुनेबाट नयाँ बानेश्वरतर्फ आउन खोजेपछि राजावादी समूहसँग प्रहरीको धकेलाधकेल समेत भएको थियो । सो क्रममा केहीबेरअघि प्रहरीसँग राजावादी समूहबीच तनाव भएको थियो । अहिले अवस्था सामान्य छ । प्रहरीले शान्तिपूर्ण रुपमा प्रदर्शन गर्न माइकिङ गरिरहेको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?