+
+
Shares

प्रतिनिधि सभाको बैठक सर्‍यो, आजै बस्ने

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १५ गते १३:१२

१५ चैत, काठमाडौँ । प्रतिनिधि सभाको बैठक बस्दै नबसी स्थगित भएको छ ।

बिहान ११ बजेका लागि तय भएको बैठक बस्न नसकेपछि सूचना निकालेर दिउँसो सवा १ बजेका लागि राखिएको छ ।

सभामुख देवराज घिमिरेले प्रमुख राजनीतिक दलका प्रमुख सचेतकहरूसँग दुई घण्टा लामो छलफल गरेका थिए । तर, निकास निस्कन सकेन । त्यसपछि सूचना टाँसेर बैठकको समय सारिएको हो ।

तोकिएको समय भन्दा दुई घण्टा ढिलो भए प्रतिनिधि सभाको बैठक स्वतः स्थगित हुने व्यवस्था छ । यो व्यवस्था छल्न संसद सचिवालयले दुई घण्टा पुग्नु अगावै सूचना निकालेर संसद बैठक बस्ने समय परिवर्तन गरेको हो ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तीबारे विपक्षी दलहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफ माग गर्दै आएका छन् ।

प्रधानमन्त्रीले जवाफ नदिएसम्म सदन चल्न नदिने विपक्षीको अडान छ । प्रधानमन्त्री केप ीओली पनि जवाफका लागि तयार भएका छैनन । दुवै पक्षको अडानले प्रतिनिधि सभाको बैठक प्रभावित हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?