+

तीन विभागीय टोली र बागमती प्रदेश जय ट्रफीका लागि छनोट

२०८१ चैत  १५ गते १३:२४ २०८१ चैत १५ गते १३:२४
तीन विभागीय टोली र बागमती प्रदेश जय ट्रफीका लागि छनोट

१५ चैत, काठमाडौं । त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपीएफ क्लब र बागमती प्रदेश सन् २०२५ को अन्त्यतिर हुने जय ट्रफी एलिट कपका लागि छनोट भएका छन् ।

जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा शीर्ष चारमा पर्दै उनीहरू जय ट्रफीका लागि छनोट भएका हुन् । आर्मी र पुलिसले पीएम कपको उपाधिका लागि फाइनल खेल्ने छन् ।

गतवर्ष एपीएफ पीएम कपको शीर्ष चारमा पर्न नसक्दा जय ट्रफीलाई छनोट भएको थिएन । मधेशले शीर्ष चारमा पर्दै जय ट्रफी खेलेको थियो ।

गत माघमा भएको जय ट्रफीको फाइनलमा आर्मीलाई हराउँदै पुलिस च्याम्पियन बनेको थियो ।

जय ट्रफी एलिट कप पीएम कप क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय