
१५ चैत, काठमाडौं । राजतन्त्र पुनर्स्थापनासहितको प्रदर्शनका लागि काठमाडौंको तीनकुनेमा राजावादी समर्थकहरू भेला भएका छन् । उपत्यकाका विभिन्न ठाउँबाट जुलुसहित समर्थकहरू तीनकुने पुगेका हुन् ।
उनीहरूले पृथवीनारायण शाह, महेन्द्र विरविक्रम शाह, ज्ञानेन्द्र शाह, योगी नरहरिनाथ लगायतका तस्वीरसहितका ब्यानर बोकेका छन् ।
राजसंस्था पुनस्थापना अभियानका संयोजक नवराज सुवेदी, कमाण्डर दुर्गा प्रसाईं लगायतले जुलुसको नेतृत्व गर्दै अहिले तीनकुने पुग्दैछन् ।
विवादित धर्मगुरु आचार्य श्रीनिवास पनि राजावादी समूहको आन्दोलनमा सहभागी हुन पुगेका छन् ।
त्यस्तै, तीनकुनेबाट नयाँ बानेश्वरतर्फ आउन खोजेपछि राजावादी समूहसँग प्रहरीको धकेलाधकेल भएको थियो ।
सो क्रममा केहीबेरअघि प्रहरीसँग राजावादी समूहबीच तनाव भएको थियो ।
प्रहरीले शान्तिपूर्ण रुपमा प्रदर्शन गर्न माइकिङ गरिरहेको छ ।
तस्वीरहरू:
प्रतिक्रिया 4