+
+
Shares

प्रतिनिधिसभाको बैठक बस्दै नबसी आइतबारसम्म स्थगित

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १५ गते १४:०३

१५ चैत, काठमाडौं । प्रतिनिधि सभाको बैठक बस्दै नबसी आइतबारसम्म स्थगित भएको छ ।

बिहान ११ बजेका लागि तय भएको बैठक बस्न नसकेपछि सूचना निकालेर दिउँसो सवा १ बजेका लागि राखिएको थियो । सवा १ बजेको बैठक पनि चल्न नसक्ने भएपछि आइतबार बिहान ११ बजे बस्नेगरी स्थगित गरिएको हो ।

संसदमा विपक्षी दलहरूले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तीबारे सरकारको जवाफ माग्दै आएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले नै जवाफ दिनुपर्ने उनीहरूको माग छ ।

तर, प्रधानमन्त्री केपी ओली संसदमा उपस्थित भएर जवाफ दिन तयार भएका छैनन ।

सत्तापक्ष र प्रतिपक्षको अडानका कारण संसदका कामकारबाही प्रभावित हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?