+
+
Shares

बुद्धका सन्देशको सान्दर्भिकता झन् बढेको छ : पूर्वराष्ट्रपति भण्डारी

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १५ गते १४:२०

१५ चैत, बुटवल । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गौतम बुद्धका सन्देशलाई विश्वभर प्रचार प्रसार गरी नेपालले शान्ति दूतको भूमिका निर्वाह गर्न सक्ने बताएकी छन् ।

लुम्बिनीमा शुक्रबार थुक्छे छोइलिङ मोनास्ट्री (गुम्बा) को शिलान्यास गर्दै पूर्वराष्ट्रपति भण्डारीले बुद्धका शान्ति, करुणा र शिक्षाको महत्त्व अहिलेको समयमा झनै बढेको उल्लेख गरिन् ।

‘गौतमबुद्धले अहिंसा, करुणा र शान्तिको मार्ग देखाउनुभयो, उहाँका शिक्षाले संसारभर करोडौं मानिसलाई प्रेरित गरेको छ । आज पनि कतिपय विकसित र शक्तिशाली देशहरूबीचको होडबाजीका कारण सर्वसाधारण नागरिक गोलाबारीको सिकार बन्नुपरेको, हिंसाको डर र त्रासमा बाँच्नुपर्ने अवस्था छ,’ उनले भनिन्, ‘त्यसैले बुद्धका शान्ति, करुणा र शिक्षाको सान्दर्भिकता आजको दिनमा झन् बढेको छ ।’

लुम्बिनी बौद्ध दर्शनको उद्गम स्थल भएको उल्लेख गर्दै उनले बौद्ध शिक्षा तथा दर्शनलाई अन्तर्राष्ट्रिय रूपमा विकास गर्नुपर्ने धारणा राखिन् ।

बुद्धका उपदेशहरू विश्वभर फैलाउने माध्यमका रूपमा लुम्बिनीको महत्त्वपूर्ण भूमिका रहने बताउँदै उनले बौद्ध सम्पदाको संरक्षण र प्रवर्द्धनमा विशेष ध्यान दिनुपर्नेमा जोड दिइन् ।

पूर्वराष्ट्रपति भण्डारी तीन दिन रुपन्देहीमा बस्ने गरी बिहीबार भैरहवा आएकी थिइन् । भण्डारी भोलि शनिबार लुम्बिनी प्रदेशभरका स्थानीय र प्रदेशका महिला जनप्रतिनिधि सहभागी हुने कार्यक्रममा सहभागी हुँदैछिन् । भण्डारी १७ चैतमा काठमाडौं फर्कने छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?