+
+
Shares

पूर्वराजालाई पम्फा भुसालको सुझाव : राजनीतिको रहर छ भने दल खोलेर आऊ 

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १५ गते १४:२६

१५ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई दल खोलेर राजनीतिक प्रतिस्पर्धामा आउन चेतावनी दिएकी छन् ।

भृकृटीमण्डपमा आयोजित समाजवादी मोर्चाको सभामा बोल्दै भुसालले पूर्वराजा ज्ञानेन्द्रले आफू नागरिक सरहको हैसियतमा मात्र रहेको नबिर्सन आग्रह गरे ।

‘पूर्वराजा ज्ञानेन्द्रलाई राजनीतिको रहर छ भने आफैं दल खोल अथवा राप्रपाबाट आऊ । दुई तिहाइ ल्याएर राष्टपति र प्रधानमन्त्री बन,’ उनले भनिन् ।

सरकारले गरिरहेको कमजोरीका कारण उत्पन्न परिस्थितिलाई राजावादीहरूले प्रयोग गर्न खोजेपनि सम्भव नरहेको बताइन् । उनले सरकारलाई पनि सच्चिन आग्रह गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?