+
+
Shares

तीनकुने झडपमा दुई प्रहरीसहित पाँच घाइते

घाइते हुनेमा दुई प्रहरी तीन प्रदर्शनकारी रहेको बताइएको छ । उनीहरूको तीनकुनेस्थित कान्तिपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १५ गते १४:२६

१५ चैत, काठमाडौं । राजावादीहरूको प्रदर्शनको क्रममा प्रहरीसँग झडप हुँदा पाँचजना घाइते भएका छन् ।

घाइते हुनेमा दुई प्रहरी तीन प्रदर्शनकारी रहेको बताइएको छ । उनीहरूको तीनकुनेस्थित कान्तिपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

राजावादीहरू प्रहरीेको घेरा तोडेर निषेधित क्षेत्रतर्फ प्रवेश गर्न खोजेपछि झडप उत्पन्न भएको हो । त्यसक्रममा प्रहरीले सुरुमा लाठी प्रहार गरेको थियो भने राजावादीहरू नरोकिएपछि अश्रुग्यास प्रहार गरेको थियो ।

राजावादीहरूले कार्यक्रम आयोजना गर्न बनाइएको मञ्चतर्फ लक्षित गर्दै प्रहरीले अश्रुग्यास प्रहार गरेपछि मञ्चमा रहेका नेताहरू समेत तितरबितर भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?