
फाइल तस्विर
१५ चैत, काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष महिन्द्र राय यादवले प्रतिगामी शक्तिहरूले देशलाई द्वन्द्वमा धकेल्न खोजिरहेको बताएका छन् ।
समाजवादी मोर्चाको सभालाई सम्बोधन गर्दै उनले देशलाई कमजोर पार्न प्रतिगामी शक्तिहरू लागिपरेको बताएका हुन् । ‘प्रतिगामी शक्तिहरूले द्वन्द्व उत्पन्न गराएर देशलाई कमजोर पार्न चाहन्छ’, यादवले भने ।
तर संविधान र गणतन्त्रको रक्षा गर्न अग्रगामी शक्तिहरु जुट्नुपर्ने उनले बताए । ‘यो संघीयता लोकतन्त्र गणतन्त्र बचाउन, समाजवादी मोर्चासँग सहकार्यको अपिल गर्न चाहन्छौं’, यादवले भने ।
तर सरकारले संविधान र प्राप्त उपलब्धिको रक्षा गर्न नसक्ने उनको भनाइ थियो । ‘मलाई लाग्दैन, यो सरकारबाट अब यो संविधानको रक्षा हुन्छ’ यादवले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4