+
+
Shares

निजी सम्पत्तिमा आक्रमण नगर्न दुर्गा प्रसाईंको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १५ गते १५:२५

१५ चैत, काठमाडौं । राजावादी आन्दोलनका कमाण्डर दुर्गा प्रसाईंले निजी सम्पत्तिमा तोडफोड नगर्न आग्रह गरेका छन् ।

तीनकुनेमा भएको प्रदर्शनका क्रममा निजी घरहरूमा प्रदर्शनकारीले ढुंगामुढा गरेपछि उनले सामाजिक सञ्जालमार्फत तोडफोड नगर्न आग्रह गरेका हुन् ।

तीनकुनेको प्रदर्शन स्थलबाट निस्किएका उनले सरकारले आफूहरूको मुख थुन्न खोजेको आरोपसमेत लगाएका छन् । ‘ प्रहरीकै दमनका कारण निजी सम्पत्तिमा क्षति पुग्यो ।  कैयन साथीहरू र प्रहरीहरू घाइते हुनुभएको छ यसप्रति दु:ख व्यक्त गर्दै घाइते साथीहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु । साथै कसैको निजी सम्पत्तिमा आक्रमण नगर्न म हार्दिक अपिल समेत गर्दछु’, उनले भनेका छन् ।

प्रहरीकै दमनका कारण निजी सम्पत्तीमा क्षती पुग्यो, कैयन साथीहरु र प्रहरीहरु घाईते हुनुभएको छ यस प्रति दुख व्यक्त गर्दै घाईते साथीहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु । साथै कसैको निजी सम्पत्तीमा आक्रमण नगर्न म हार्दिक अपिल समेत गर्दछु ।

उनले लेखेका छन्, ‘सरकारले हाम्रो मुख थुन्न खोज्यो । हामी शान्तीपूर्ण रुपमा कार्यक्रमस्थल जाँदै गर्दा हामी नपुग्दै प्रहरीले अश्रु ग्याँस प्रहार गर्‍यो । लाठी चार्ज गर्‍यो । अझै तीनकुनेका घरघरमा लुकेर प्रहरीले अश्रु ग्याँस प्रहार गरी हामीलाई कार्यक्रम सुरु गर्न दिएन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?