+
+
Shares

काठमाडौंका एसएसपी भन्छन्- अब चाँडै स्थिति नियन्त्रणमा आउँछ

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १५ गते १६:२२

१५ चैत, काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख तथा एसएसपी विश्वराज अधिकारी अब केहीबेरमा स्थिति नियन्त्रणमा आउने बताएका छन् ।

ठूलो संख्यामा प्रहरी थप पठाइएको र अन्य युनिटबाट समेत थप टोली आएकाले अब स्थिति नियन्त्रणामा आउने बताए ।

राजावादीहरूले गरेको प्रदर्शनमा तीनकुने क्षेत्रमा तनाव भएपछि उनी आफैं पनि खटिएका थिए । त्यसैगरी प्रशासनले कर्फ्यु लगाएको छ ।

राजावादी समूहले व्यक्तिको घरमा आगजनी र तोडफोड समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?