+
+
Shares

यो साता सेयर बजारमा मूल्य धेरै बढेका र घटेका यी कम्पनी

यो साता व्यापार सेक्टरमा उच्च वृद्धि

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत १५ गते १६:३९

१५ चैत, काठमाडौं । यो साता सेयर बजार जम्मा ६ अंक घटेको छ । गत साता २६६९ अंकमा रहेको सेयर बजार यो साता २६६३ अंकमा झरेको छ । यो साताका हरेक दिन बजारमा बढी उतारचढाव रहे पनि समग्र सातामा भने गिरावट दर न्यून रह्यो ।

पहिलो दिन आइतबार ५४.६२ अंक घटेको बजार सोमबार फेरि २६.१० अंक बढ्यो । मंगलबार नै ५८.०५ अंक घटेको बजार बुधबार ३९.१३ अंक बढ्यो । अन्तिम दिन बिहीबार ४१.४३ अंक बढे पनि समग्र साता बजार घट्न पुग्यो ।

बजारमा कारोबार रकम खास बढ्न सकेको छैन । आइतबार बजार घटेका दिन ६ अर्ब ३२ करोडको कारोबार भएकोमा सोमबार ४ अर्ब ४८ करोडको कारोबार भयो । मंगलबार ५ अर्ब १८ करोड, बुधबार ४ अर्ब २० करोड तथा बिहीबार ५ अर्ब २२ करोडको कारोबार भयो ।

राजनीतिक घटनाक्रमले बजार प्रभावित

पछिल्ला दिनमा बजारलाई राजनीतिक घटनाक्रमले बढी प्रभाव पार्न थालेको छ । फागुन १८ गते २८९० अंकमा पुगेका बेला पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियता तथा आन्दोलनको तयारीपछि बजार घट्न थाल्यो । त्यसयता करिब एक महिनाको अवधिमा बजार २२७ अंक घटेको छ ।

त्यसपछि फेरि सोमबार साँझ मात्रै सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएपछि सत्ता साझेदार दल कांग्रेसभित्र केही असन्तुष्टि देखिएको थियो ।

यहीं कारण मंगलबार नै बजार ५८ अंक घट्यो । यद्यपि साताका अन्तिम दुई दिन बुधबार र बिहीबार बजार सम्हालिएको छ । घटेको मौकामा ‘एक्युमुलेसन’ पनि सुरु भएको अनुमान गरिएको छ ।

बजारका लागि आर्थिक गतिविधि भने सबै सन्तोषजनक छन् । हालै तथ्यांक कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा नेपालको आर्थिक वृद्धि ५.१ प्रतिशत रहेको देखाएको छ ।

त्यस्तै बैंकको ब्याजदर निकै घटिसकेको, लगानीयोग्य रकम पर्याप्त रहेको, पूँजीगत खर्च बढ्ने समय सुरु भएको, बचत भुक्तानी सन्तुलन तथा पर्याप्त विदेशी मुद्रा सञ्चितिका कारण अर्थतन्त्रका सूचक सकारात्मक छन् । बजारमा नकारात्मकभन्दा सकारात्मक आधारहरू बलिया देखिएको छ ।

 

धेरै कारोबार भएका कम्पनी

यो साता रकमका आधारमा धेरै कारोबार हुनेमा हिमालयन रिइन्स्योरेन्स अगाडि रह्यो । सो कम्पनीको १ अर्ब ९० करोडको कारोबार भयो ।

हिमालयन रिपछि नेपाल पुनर्बीमा, सानिमा जीआईसी, एनआरएन इन्फ्रास्ट्रक्चर, सीईडीबी होल्डिङ्स, युनाइटेड मोदी हाइड्रोपावर, गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स, नारायणी डेभलपमेन्ट बैंक, घलेम्दी हाइड्रोपावर, सिन्धु विकास बैंक क्रमशः अगाडि रहे । कारोबार सेयर संख्याका आधारमा भने सानिमा जीआई अगाडि रह्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?