
१५ चैत, काठमाडौं । राजावादी समर्थकहरूले जिल्ला सरकारी वलिकको कार्यालय काठमाडौंका सहन्यायाधिवक्ताको गाडी जलाएका छन् ।
कार्यालय सकेर भक्तपुर निवासतर्फ जान लाग्दा नेकपा एमालेको पार्टी कार्यालय नजिक सहन्यायाधिवक्ता रामहरि शर्मा काफ्लेको गाडी आगो लगाएर जलाएका हुन् ।
सहन्यायाधिवक्ता शर्माले कार्यालयबाट फर्कंदै गर्दा एक्कासी अगाडि आइपुगेको भीडले आफू र चालकलाई जबरजस्ती बाहिर निकालेर गाडीमा आगो लगाएको जानकारी दिए ।
तीनकुनेमा प्रहरीसँगको झडपपछि तितरबितर भएको सो समूह त्यसअघि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको घरमा क्षति पुर्याउन गएको थियो । त्यहाँ रहेका सुरक्षाकर्मीले रोकेपछि त्यहाँबाट हिँडेको समूहले बाटोमा भेटिएको जिल्ला सरकारी वलिकको कार्यालय काठमाडौंको गाडी जलाएको हो ।
प्रतिक्रिया 4